image
image
ऐश्वर्या राय बच्चनको कार दुर्घटना

ऐश्वर्या राय बच्चनको कार दुर्घटना

काठमाडौं ।  बलिउड फिल्म इन्डस्ट्रीकी अभिनेत्री तथा करोडौं मनको मुटु ऐश्वर्या राय बच्चनको कार हालै दुर्घटनाको सिकार बनेको छ । मुम्बईमा दिउँसो उनको कार दुर्घटनामा परेको हो । ऐश्वर्या राय बच्चनको जुहुस्थित घर नजिकै बेस्टको बस र उनको कार एक आपसमा ठोक्किएको हो ।

यद्यपि यो दुर्घटना धेरै ठूलो थिएन र टक्कर भने सामान्य थियो। यसबाहेक दुर्घटना हुँदा ऐश्वर्या कारमा उपस्थित नभएको पनि अहिले खुलेको छ । अभिनेत्रीका फ्यानहरु उनको स्वास्थ्यलाई लिएर चिन्तित थिए तर अहिले उनी पूर्णरुपमा सकुशल छिन् भन्ने खुले पछि खुसी भएका छन् ।

 रिपोर्टका अनुसार ऐश्वर्या राय बच्चनको १.५ करोड भारुको महँगो कार सिल्वर टोयोटा वेलफेयरलाई मुम्बईको जुहुमा सडकमा रहेको बेस्ट बसले ठक्कर दिएको थियो । राहतको कुरा यो थियो कि ठक्कर एकदमै सामान्य थियो र अभिनेत्रीको कारमा कुनै क्षति भने भएन ।

तर जबदेखि यो खबर बाहिरियो, प्रशंसकहरू अभिनेत्रीको बारेमा चिन्तित थिए र कार भित्र को थियो भन्ने बारे कुनै जानकारी अझै दिइएको छैन । तर, अहिले उक्त दुर्घटना भएको कारमा ऐश्वर्या न त बच्चन परिवारका कोही सदस्य रहेको स्रोतबाट खुलासा भएको छ । यस घटनामा कुनै ठूलो क्षति वा चोटपटक रिपोर्ट गरिएको छैन। उनको कार दुर्घटनाको भिडियो भने सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।