सवारी दुर्घटनामा ६ जनाको निधन
काठमाडौं । नेपालका विभिन्न स्थानहरूमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। अर्घाखाँचीको शितगंगा नगरपालिका-२, भुवनपाटास्थित सडकमा लु.२ ख ३०३ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बस चालक मदन कुमार विक (५० वर्ष), जमुना बस्याल (५५ वर्ष), उमा न्यौपाने (५० वर्ष) र गायत्री न्यौपाने (६५ वर्ष) रहेका छन्। यसैगरी, महोत्तरीको सोनमा गाउँपालिका-६ मा मोटरसाइकल दुर्घटनामा चालक किसुनदेव यादव (५५ वर्ष) को मृत्यु भएको छ। त्यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० मा कार र मोटरसाइकल बीचको ठक्करमा मोटरसाइकल चालक खेम राज पाठक (६० वर्ष) को मृत्यु भएको छ। प्रहरीले यी घटनाहरूमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।









