विपक्षी दलहरूको अवरोधपछि राष्ट्रियसभा बैठक एक घण्टाका लागि स्थगित
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विषयमा विपक्षी दलहरूले राष्ट्रियसभामा विरोध जारी राखेका छन्। बिहीबारको बैठकमा उनीहरूले अवरोध प्रदर्शन गर्दा पनि सभाध्यक्ष नारायण दाहालको आग्रहमा बस्न मानेनन्। यसकारण बैठक एक घण्टाका लागि स्थगित गरिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै बुधबारदेखि सदनमा अवरोध गर्दै आएका छन्।









