पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन जानुहुँदा उनलाई प्रवेशद्वारबाटै फर्काइए
काठमााडौँ । काठमाडौं महानगरपालिकाले तीनकुने क्षेत्रमा प्रदर्शन गर्दा सार्वजनिक सम्पत्तिमा भएको क्षति र फोहोरको आधारमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ।
यस निर्णयपछि, आइतबार बिहान महानगरका कर्मचारीहरूले निर्मल निवास पुगेर पूर्वराजालाई जरिवानासम्बन्धी पत्र बुझाउन प्रयास गरेका थिए। तर, प्रहरीले गेटबाटै उनीहरूलाई फर्काइदिएको छ।









