विश्व बैंकले नेपाललाई १५० मिलियन अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ
काठमाडौँ । विश्व बैंकले नेपाललाई १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) ऋण उपलब्ध गराउने भएको छ। यो ऋण नेपालका रणनीतिक सडक सञ्जालको विस्तार र पुलहरूको मर्मत सम्भारमा प्रयोग हुनेछ।नेपाललाई दिने वित्तीय सहायता बोर्ड बैठकबाट अनुमोदन भएको जानकारी दिँदै विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि क्षेत्रीय निर्देशक डेविड सिस्लेनले रणनीतिक सडक बिस्तारले बजार र सेवासम्मको पहुँच बिस्तारमा सघाउ पुग्ने बताए । नेपाल सरकार र विश्व बैंकबीच यस सम्बन्धमा सम्झौता भएको छ।









