अमेरिकाबाट डिपोर्ट भएका तीन भुटानी नागरिकलाई झापामा पक्राउ
काठमाडौँ । संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट भएका तीन भुटानी नागरिकलाई झापामा पक्राउ गरिएको छ। शनिवार भारततर्फको पानी ट्याङ्कीबाट काँकडभिट्टा आएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ छन्। ट्रम्प प्रशासनले उनीहरूलाई चार्टर्ड विमानमार्फत भुटानको पारो एयरपोर्टमा पठाएको थियो। उनीहरूलाई नेपाल र भुटान सरकारले लिन अस्वीकार गरेपछि उनीहरू काँकडभिट्टामा देखिएका थिए। प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि भुटानी शरणार्थी कार्यालयमा बुझाएको छ।









