डा. बलराम थापा क्षेत्रीसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर
काठमाडौँ । रुपन्देहीको मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुसालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार, भुसालले लक्ष्मी भेट सेन्टरकी प्रोप्राइटर लक्ष्मी बस्यालबाट ४ लाख रुपैयाँ घुस लिएका छन्। यस रकमको बद्लामा भुसालले उक्त सेन्टरलाई पशुपन्छी खोप र औषधि वितरण कार्यक्रम सञ्चालन गर्न सहयोग गरेका थिए। आयोगले अनुसन्धानका क्रममा भेट सेन्टरको बैंक खाताबाट चार लाख रुपैयाँ भुसालले घुसको रूपमा लिएको पुष्टि गरेको जनाएको छ। भुसालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार ६ महादेखि १ वर्ष ६ महासम्मको कैद सजायको माग गरिएको छ। त्यस्तै, लक्ष्मी बस्यालविरुद्ध पनि समान सजाय र बिगो दाबी गरिएको छ।









