भूकम्पपछि म्यानमारको अवस्था कस्तो छ?
काठमाडौं । म्यानमार र थाइल्याण्डमा गएको शक्तिशाली भूकम्पका कारण दुइ दिनपछि म्यानमारमा मृत्यु हुनेको संख्या १,६४४ भन्दा बढी पुगेको छ।
थाइल्याण्डको राजधानी बैंककमा भत्किएको एक भवनमा शनिबार १२औँ शव फेला परेकोले मृत्यु हुनेको संख्या १७ पुगेको छ।
संयुक्त राष्ट्र संघका अनुसार घाइतेहरूको उपचारका लागि चिकित्सा सामग्रीको अभाव भइरहेको छ, जसले उद्धार कार्यलाई जटिल बनाएको छ। उद्धारकर्मीहरूले भग्नावशेषमुनि फसेकाहरूको खोजी र उद्धार कार्य जारी राखेका छन्। चिनियाँ दूतावासले भूकम्पमा आफ्ना १२ नागरिक घाइते भएको जनाएको छ। अझै पनि कयौँ मानिस बेपत्ता रहेका कारण मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।









