image
image
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न

पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न


पोखरा । पोखरामा पहिलो पटक आयोजना गरिएको ‘प्रथम नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५’ सम्पन्न भएको छ । कार्यक्रम संयोजकका अनुसार चार दिनसम्म चलेको यस अटो शोमा करिब २० हजार आगन्तुकले अवलोकन गरेका थिए । चैत्र १४ देखि १७ गतेसम्म पोखरा–१२ स्थित अमरसिंह खेल मैदानमा सम्पन्न भएको उक्त अटो शो पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसनद्वारा आयोजित थियो । यस प्रदर्शनीमा सवारी साधन खरिद–बिक्री तथा नयाँ प्रविधिहरू अवलोकन गर्न व्यवसायी, सम्भावित ग्राहक, तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रह्यो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको प्रवद्र्धन रहेको थियो भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा, र अमरसिंह मा.वि. सहयोगी संस्थाका रूपमा रहेका थिए । प्रदर्शनीमा खल्ती एप टिकटिङ पार्टनर, पोखरा इन्टरनेट इन्टरनेट पार्टनर, सगरमाथा लुम्बिनी इन्सुरेन्स अफिसियल इन्सुरेन्स पार्टनर, होटल शारा हस्पिटालिटी पार्टनर, तथा नेपाल मनिपाल कलेज अफ मेडिकल साइन्स हस्पिटल पार्टनर रहेका थिए ।

प्रदर्शनीमा विभिन्न ब्रान्डका गाडी, बाइक, इलेक्ट्रिक भेहिकल्स, तथा सम्बन्धित प्रविधिहरू प्रस्तुत गरिएका थिए । आयोजकहरूका अनुसार अटो शोले स्थानीय बजारमा अटोमोबाइल उद्योगको प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।