ईद–उल–फित्र पर्वलाई मुस्लिम समुदायले खुसीका साथ मनाउँदै
काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्व इद–उल–फित्र आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। एक महिनाको रोजा व्रत पूरा भएपछि, मुस्लिम समुदायले विशेष नमाज पढेर र आपसी शुभकामना आदानप्रदान गरेर यो पर्व मनाउने गर्दछन्। यस अवसरमा विभिन्न परिकारहरूको सेवन र दीनदुःखीलाई दान दिने परम्परा पनि पालना गरिन्छ।
सरकारले इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार, नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो।









