image
image
जसपा नेपालले चैत्र मसान्तसम्म स्थानीय तहहरूको अधिवेशन सम्पन्न गर्ने तयारी

जसपा नेपालले चैत्र मसान्तसम्म स्थानीय तहहरूको अधिवेशन सम्पन्न गर्ने तयारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले चैत्र मसान्तसम्म स्थानीय तहअन्तर्गत वडा, पालिका र जिल्ला समितिहरूको अधिवेशन सम्पन्न गर्ने योजना बनाएको छ। पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूको समन्वयमा स्थानीय तहको अधिवेशन कार्यलाई तीव्रता दिइएको छ।

पार्टीको परिपत्रअनुसार, स्थानीय तहको अधिवेशनपछि प्रदेश समिति र पहिचानमा आधारित राष्ट्रिय समितिको अधिवेशन गर्नुपर्नेछ। प्रदेश समिति र राष्ट्रिय समितिको अधिवेशन वैशाख २५ गतेभित्र र वैशाख मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरिएको प्रमुख बस्नेतले बताए।

यसैगरी, जसपा नेपालले 'जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान' अन्तर्गत पार्टी प्रवेश कार्यक्रम, सदस्यता वितरण र नवीकरणजस्ता सङ्गठनात्मक गतिविधिहरूलाई तीव्रता दिएको छ। पार्टीको यो अभियान २०८२ वर्षको वैशाख मसान्तसम्म जारी रहने बताइएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।