image
image

दार्चुलामा ८ वटा एम्बुलेन्स तयारी अवस्थामा

काठमाडौँ । दार्चुलामा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै दार्चुलामा ८ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ।संक्रमित तथा शंकास्पद बिरामीलाई आइसोलेन वार्डसम्म पु¥याउन तथा गम्भीर बिरामीलाई बाहिर रेफर गर्न जिल्लामा ८ एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्ला अस्पताल दार्चुला, गोकुलेश्वर अस्पताल, महाकाली नगरपालिका ,दुहुँ गाउँपालिका ,व्यासँ गाउँपालिका ,मार्मा गाउँपालिका ,नौगाड गाउँपालिका तथा लेकम गाउँपालिकाको गरी तत्कालका लागि ८ वटा एम्बुलेन्सहरु तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।जिल्लाको शैल्यशिखर नगरपालिका मालिकार्जुन गाउँपालिका तथा अपि हिमाल गाउँपालिकासंग अहिले एम्बुलेन्स नरहेको बताइएको छ। 

बिरामी भएको खबर पाउने बित्तिकै तत्कालै उद्धार गरेर अस्पताल लग्नका लागि एम्बुलेन्सहरु तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए। हामीले सबै एम्बुलेन्सका चालकलाई आवश्यक सुरक्षा सामग्रीसमेत प्रदान गरिएको छ,उनले भने।भारत तथा अन्य मुलुकबाट काम गरेर आएकाहरुका लागि यहाँका स्थानीय तहले हाल क्वारेन्टाइनमा बसाल्ने गरेका छैनन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।