बुधबारदेखि काठमाडौंमा आन्दोलन ; नेपाल शिक्षक महासंघ
काठमाडौँ । नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा 'शैक्षिक सडक आन्दोलन' गर्ने घोषणा गरेको छ। महासंघले माघ २० गतेदेखि 'काठमाडौं जाऔँ अभियान' अन्तर्गत अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन सुरु गरेको हो।
आन्दोलनको उद्देश्य संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयकलाई यथासिघ्र ऐनमा परिणत गराउनु हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार गुणस्तरीय र विद्यार्थी तथा शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न यो आन्दोलन गरिएको हो।
आन्दोलनमा देशभरका सबै शिक्षक कर्मचारी सहभागी हुनेछन्। काठमाडौं आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म फर्किने छैनन्।









