image
image

मुख्यमन्त्री भट्ट भन्छन्;तीव्र विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिन्छ

काठमडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक तथा सामाजिक रुपान्तरणमा श्रमिकको क्षमता, योग्यता र सीपको उचित सदुपयोग गरी प्रदेशको तीव्र विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले ‘समृद्ध सुदूरपश्चिम निर्माण’ को लक्ष्य पूरा गर्ने आधार पनि श्रमिक वर्ग भएकाले श्रम र श्रमिक वर्गप्रति सम्मान गर्नुपर्ने बताउनुभयो ।

दिवसका अवसरमा मुख्यमन्त्री भट्टले स्वदेश तथा विदेशमा रहनुभएका श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभयो । कोरानो भाइरसको महामारीका कारणले कठिन परिस्थिति सिर्जना भएकाले स्वदेश तथा विदेशमा कामको सिलसिलामा रहनुभएका सबैमा यस महामारीबाट बच्न सरकारद्वारा जारी स्वास्थ्य मापदण्ड पालना गर्न जारी सन्देशमा अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।