तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका सविन राईको पोस्टमार्टम सम्पन्न
काठमाडौँ । राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको त्रिवि शिक्षण अस्पतालमा मंगलबार पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम सकिएपछि, उनका आफन्तहरूले आजै अन्तिम संस्कारको तयारी गरिरहेका छन्। प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर महर्जनको मृत्यु भएको थियो। उपचारका लागि उनलाई टिचिङ हस्पिटल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
तीनकुने घटनामा समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकले समेत ज्यान गुमाएका थिए, जसको पोस्टमार्टम अझै सम्पन्न भएको छैन









