image
image
​प्रतिनिधि सभाको पाँचौँ अधिवेशन

​प्रतिनिधि सभाको पाँचौँ अधिवेशन

काठमाडौं । ​​प्रतिनिधि सभाको पाँचौँ अधिवेशन आज मंगलबार राति १२ बजेबाट समाप्त हुँदैछ। यस अधिवेशनमा ६१ दिनको अवधिमा २७ बैठक आयोजित भएका छन्। बैठकहरूको कुल अवधि ११८ घण्टा २१ मिनेट रहेको संघीय संसद सचिवालयले जनाएको छ। अधिवेशन अवधिमा पाँच वटा प्रतिस्थापन विधेयक पारित भएका छन्।

त्यसैगरी, फागुन ४ र चैत ७ मा प्रधानमन्त्रीसँग सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गरेका थिए। यस अधिवेशनमा प्रतिनिधि सभामा १२ र राष्ट्रिय सभामा एक गैरसरकारी विधेयक दर्ता भएका थिए, जसमा पाँच वटा विधेयक दुवै सदनबाट पारित भएका छन् भने चार वटा समितिमा विचाराधीन छन्। सचिवालयका अनुसार तीन वटा विधेयक सभामा प्रस्तुत मात्र भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।