image
image

कोरोना कहरकै बीचमा परीक्षा सञ्चालन हुँदै

दमौली, १८ वैशाख: दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिमका बीचमा तनहुँका परीक्षा सञ्चालनको तयारी थालिएको छ । जिल्लाका स्थानीय तहले शैक्षिक शत्र २०७७ को आधारभूत तह (कक्षा आठ)को वार्षिक परीक्षाको तयारी थालेका हुन् ।


आँबुखैरेनी गाउँपालिकाले यही वैशाख २१ गतेबाट आधारभूत तहको परीक्षा शुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए । साथै अन्य कक्षाको वार्षिक परीक्षा पनि विद्यालय आफँैले वैशाख २१ गतेदेखि सञ्चालन गर्न आग्रह गरेका छन् । कक्षा आठको प्रवेशपत्र, प्रश्नपत्र र उत्तरपुस्तिका यही वैशाख २० गते गाउँपालिकाकाको कार्यालयबाट वितरण गरिनेछ ।

बन्दीपुर गाउँपालिकाले वैशाख १९ गतेदेखि आधारभूत तहको परीक्षा सञ्चालनको तयारी थालेको छ । यही वैशाख १५ गते बसेको गाउँपालिकाको बैठकले परीक्षाको मिति तय गरेको शिक्षा शाखा प्रमुख विष्णु खत्रीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।