image
image
​प्रधानमन्त्री ओली र प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच भेटवार्ता

​प्रधानमन्त्री ओली र प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच भेटवार्ता

​काठमाडौं । ​​​नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच बैंककमा भेटवार्ता भएको छ। यस भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, र परराष्ट्र सचिव अमृतबहादुर राई सहभागी थिए।​

भेटपछि, संस्कृति र पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। यसैगरी, दुई देशका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न समझौतापत्रहरू आदानप्रदान भएका छन्। सम्झौतापत्रहरूमा हस्ताक्षरपछि, दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेका छन्। त्यसपछि, प्रधानमन्त्री शिनावातले प्रधानमन्त्री ओलीको सम्मानमा दिवभोज आयोजना गरेकी छन्।​

प्रधानमन्त्री ओलीले आज थाइ नरेश महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ। यस भ्रमणको अवसरमा, प्रधानमन्त्री ओली बैंककमा आयोजना हुने छैटौं बिम्स्टेक शिखर सम्मेलनमा पनि सहभागी हुनेछन्। नेपाल र थाइल्याण्ड बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि यो भ्रमण भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।