नेपालमा हवाई र पर्यटन क्षेत्रमा लगानी बढाउन सकारात्मक दृष्टिकोण
काठमाडौं । थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले नेपालमा हवाई र पर्यटन क्षेत्रमा आफ्नो देशको लगानी र सहभागिता बढ्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले काठमाडौँमा थाइ एयरलाइन्सका उडानहरूको संख्या बढाउने र लुम्बिनीमा सिधा हवाई उडान सञ्चालन गर्न थाइल्यान्ड सकारात्मक रहेको जनाइन्।
त्यस्तै, नेपालमा ऊर्जा, होटेल र हवाई सेवा जस्ता पर्यटन क्षेत्रहरूमा थाइल्यान्डको लगानी र व्यापार बढाउनेमा विश्वास व्यक्त गरिन्। उनले ६५ वर्षको कूटनीतिक सम्बन्धपछि भएको यो भ्रमण ऐतिहासिक रहेको उल्लेख गर्दै दुई देश बीचको जडान र व्यापारिक साझेदारी बढाउने विषयमा छलफल भएको बताइन्।









