image
image
काठमाडौं महानगर भित्रको विवाद सतहमा, गुरागाईँ हाजिर गर्न जाँदा घम्साघम्सी

काठमाडौं महानगर भित्रको विवाद सतहमा, गुरागाईँ हाजिर गर्न जाँदा घम्साघम्सी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष र कर्मचारीहरुबिचको विवाद सतहमा देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ विहीबार कार्यालय प्रवेशका क्रममा देखिएको दृश्यले यसलाई पुष्टि गरेको छ । तीन महिना १४ दिनपछि कार्यालय फर्केका गुरागाईलाई मेयर बालेन्द्र साहले नगर प्रहरी परिचालन गरेर रोक्न खोजेपनि उपमेयर सुनिता डंगोल, कर्मचारी र वडाध्यक्षहरुको सहायतामा हाजिरी गराइएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौं महानगरपालिकामा हाजिर गर्ने वातावरण बनाइदिन पत्र पठाएको ठ्याक्कै एक महिनापछि विहीबार उनी महानगरपालिका पुगेका हुन् । गुरागाईं कार्यालय पुग्दा मेयर साहले गुरागाईंलाई रोक्नको लागि नगरप्रहरी परिचालन गरेका थिए भने उनको कार्यकक्ष ताल्चा पनि लगाइ दिएका थिए । 

सोही क्रममा कर्मचारी र नगरप्रहरीबीच नै मुठभेड पनि भएको थियो । उपप्रमुख डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरु र कर्मचारीले उनलाई स्वागत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षमा प्रवेश गर्नखोज्दा केहीबेर ठेलामठेल भएको थियो । कार्यकक्षमा लगाइएको ताला फुटाउन खोज्दा नगर प्रहरीले अवरोध गरेका थिए ।

वडाध्यक्ष र प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई नगरप्रहरीलाई रोकेपछि बोर्ड बैठक हलमा उपप्रमुख डंगोल, वडाध्यक्षहरुसहित कर्मचारी बैठक बसेका थिए ।  अनौपचारिक बैठकमा डंगोलले मेयर साहको आलोचना गरेकी थिइन् । उनले हरेक घटनाक्रममा आफूहरु जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन आग्रह समेत गरिन् । डंगोल, वडाध्यक्ष, वडा सदस्य र कर्मचारीको साथ पाएपछि गुरागाई हाजिर गरेर मन्त्रालय आएका थिए ।

मेयर बालेनले लामो समयदेखि व्यक्तिगत ‘इगो’ का कारण प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर कर्मचारीहरुको नियमित तलब समेत रोक्का गरिदिएको भन्दै कर्मचारीहरु पनि असन्तुष्ट बनेका थिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका कर्मचारीले ३ महिनादेखि तलबभत्ता लिन नपाएको गुनासो गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।