निषेधाज्ञा: सरकारी गाडीमा तोकियो कोटा प्रणाली
काठमाडौँ । कोरोना संक्रमण सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निषेधाज्ञामा सरकारी कार्यालयले चलाउने सवारी साधनमा कोटा प्रणाली तोकेको छ । निषेधाज्ञामा पनि गाडी धेरै चलेको भन्दै आलोचना भएपछि सरकारी कार्यालयले चलाउने सवारी साधनमा कोटा प्रणाली तोकिएको हो ।
सीसीएमसी बैठकले निषेधाज्ञालाई थप कडा गर्दै अब एक दिनमा मन्त्रालयले १०, विभागले ५ र अन्य कार्यालयले सचिव र सहसचिवबाहेक ३ वटा मात्रै सवारी चलाउन पाउने गरि कोटा तोकेको छ ।
सीसीएमसी बैठकले निषेधाज्ञालाई थप कडा गर्दै अब एक दिनमा मन्त्रालयले १०, विभागले ५ र अन्य कार्यालयले सचिव र सहसचिवबाहेक ३ वटा मात्रै सवारी चलाउन पाउने गरि कोटा तोकेको छ ।