image
image
​ सिरहामा बसको फोटो खिचेको भन्दै पत्रकार यादवमाथि आक्रमण

​ सिरहामा बसको फोटो खिचेको भन्दै पत्रकार यादवमाथि आक्रमण

काठमाडौँ । सिरहाका पत्रकार मुकेश यादवमाथि बसको फोटो खिचेको आरोपमा आक्रमण भएको छ। बरियारपटीमा भएको यस घटनामा घाइते भएका यादवको उपचार जनकपुरमा भइरहेको छ ।

धरिलो हतियारले आक्रमण गरेकोले उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि सिरहा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि जनकपुर पठाइएको छ ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाले एक प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र प्रेसमाथि बारम्बार भइरहेका आक्रमणहरू प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि गम्भीर खतरा उत्पन्न भएको उल्लेख गरेको छ । घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न महासंघले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।