जङ्गलमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु
काठमाडौँ । पाल्पा जिल्लाको रिप्दीकोट गाउँपालिका–७, पालुङ कोर्तिुङमा डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पालुङ सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा स्थानीय ६१ वर्षीय टेकबहादुर सर्तुङ्गे ज्यान गएको हो।
डढेलो निभाउने क्रममा भिरबाट लडेर करिब १५–२० मिटर तल आगोमाथि खसेर उनको मृत्यु भएको प्रहरी निरीक्षक सन्दीप बेल्वासेले बताए। घटनास्थल पुगेको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा ल्याएको छ।









