image
image
काठमाडौँको प्रदूषणलाई मध्यनजर गर्दै, हप्ताको दुई दिन सार्वजनिक बिदा दिन सुझाव

काठमाडौँको प्रदूषणलाई मध्यनजर गर्दै, हप्ताको दुई दिन सार्वजनिक बिदा दिन सुझाव

काठमाडौँ ।  वातावरण प्रदूषणको समस्या समाधानका लागि सहरी विकास मन्त्रालयमा छलफल भएको छ। प्रदूषणको स्तर बढिरहेको अवस्थामा, यसलाई कसरी नियन्त्रण गर्ने र यसको असरलाई कम गर्ने बारे कार्यवाहक प्रधानमन्त्री र सहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार विभिन्न सरोकारवाला र विज्ञहरूसँग विचारविमर्श गरेका छन्।

छलफलमा, विज्ञहरूले प्रदूषण घटाउन हप्ताको दुई दिन सार्वजनिक बिदा दिने र जोर-बिजोर प्रणाली अनुसार सवारी साधन चलाउने सरकारलाई सुझाव दिएका छन्। साथै, सडक निर्माण र अन्य आयोजना विकास गर्दा प्रदूषणको असर कम गर्नका लागि प्रदूषण शुल्क लागू गर्नुपर्ने प्रस्ताव पनि उठाइएको छ।

सिंहले भने कि उद्योग, कलकारखाना र अन्य पूर्वाधारका कारण प्रदूषणको मात्रा बढेको छ र यसलाई नियन्त्रण गर्न आवश्यक कदम चालिनेछ। उनले यस विषयमा सम्बन्धित निकायहरूसँग छलफल गरी प्रदूषण न्यूनीकरणका उपायहरू लागू गरिने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।