image
image
​बिम्स्टेक सदस्य राष्ट्रहरूको हालै सम्पन्न शिखर सम्मेलनमा 'बैङ्कक सोचपत्र २०३०' जारी

​बिम्स्टेक सदस्य राष्ट्रहरूको हालै सम्पन्न शिखर सम्मेलनमा 'बैङ्कक सोचपत्र २०३०' जारी

​काठमाडौँ । बङ्गालको खाडीमा बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि स्थापित बिम्स्टेक (BIMSTEC) को छैटौँ शिखर सम्मेलन हालै सम्पन्न भएको छ। यस सम्मेलनमा 'बैङ्कक सोचपत्र २०३०' जारी गर्दै क्षेत्रीय समृद्धि, लचिलोपन र खुलापनको लक्ष्य निर्धारण गरिएको छ। सम्मेलनले व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई प्राथमिकता दिँदै बिम्स्टेक भिजनलाई परिभाषित गर्ने प्रस्तावहरू पारित गरेको छ।​

सम्मेलनमा थाइल्याण्डका प्रधानमन्त्री पेथोङ्थान शिनावात्राले पारित प्रस्तावहरूको विवरण प्रस्तुत गर्दै, बिम्स्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र र प्रबुद्ध व्यक्तिहरूको समूह (Eminent Persons' Group) गठन गर्ने निर्णय गरिएको जानकारी दिए। यसका साथै, म्यारिटाइम ट्रान्सपोर्ट सम्झौता, भूकम्पबाट प्रभावित म्यान्मार र थाइल्याण्डलाई सहयोग गर्ने विषयहरू पनि छलफलमा समावेश थिए।​

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको पहिलो औपचारिक भ्रमण र त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको उल्लेखनीय छ। शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सदस्य राष्ट्रका सरकार प्रमुखहरूले सम्बोधन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।