image
image
राज्य व्यवस्था समिति : राजावादी समूह र दुर्गा प्रसाईविरुद्ध कडा टिप्पणी

राज्य व्यवस्था समिति : राजावादी समूह र दुर्गा प्रसाईविरुद्ध कडा टिप्पणी

काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले राजावादी समूहको १५ चैतको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्नुमा उनीहरूको नै जिम्मेवारी रहेको बताए। उनले भने कि उक्त प्रदर्शनको उद्देश्य संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने मात्र थियो र यो अराजकता मच्चाउने प्रयास थियो।

शुक्रबार प्रतिनिधि सभा राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले भनें कि संविधानले शान्तिपूर्वक भेला हुने अधिकार सुनिश्चित गरेको छ भने पनि प्रदर्शनको क्रममा भएको तोडफोड र आक्रमण कुनै राजनीतिक दर्शनबाट प्रेरित नहुने पनि उनले औंल्याए। उनले सरकारको कडा धारणा प्रकट गर्दै भनें कि अराजक कार्य गर्नेहरूको कानूनी र नैतिक जिम्मेवारी उनीहरूकै माथि पर्नेछ।

उनले आगामी दिनमा यस्तो अराजकता रोक्न सरकार प्रतिबद्ध रहेको बताएका छन् र नागरिकलाई सचेत गराउन आग्रह गरेका छन्। गृहमन्त्री लेखकले भने, "शान्तिपूर्वक असहमतिका विचार राख्न सबैलाई अधिकार छ, तर अराजक गतिविधिहरू भने अक्षम्य छन्।"

घटनामा सहभागी १४८ जनालाई नियन्त्रणमा लिइएको र छानबिन भइरहेको जानकारी पनि उनले दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।