अराजक र हिंसात्मक मान्छेलाई राजावादीले कमान्डर बनाउँदा सरकार चनाखो भएन
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले तीनकुनेमा भएको प्रदर्शनमा सरकारले पर्याप्त तयारी नगरेको आरोप लगाएकी छन्।
उनका अनुसार, प्रदर्शनको अघिल्लो दिन निर्मल निवासमा राजावादी समूहले कमान्डर परिवर्तन गर्दा पनि सरकारले आवश्यक सतर्कता अपनाएन। यसका साथै, बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएर जनताको भावनामाथि खेल्ने पृष्ठभूमिका अराजक व्यक्तिलाई कमान्डर बनाउँदा पनि सरकार चनाखो नभएको उनको भनाइ छ।









