image
image
​शिक्षकहरूको शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन

​शिक्षकहरूको शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन

काठमाडौँ । ​नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शुक्रबार काठमाडौँको माइतिघर र बबरमहल क्षेत्रमा विरोध प्रदर्शन गरेको छ।

बुधबारबाट अनिश्चितकालीन सडक आन्दोलन सुरु गरेको महासंघले आफ्ना माग पुरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ। सदनको हिँउदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले यो कदम चालेको हो। यसअघि भएको सहमतिका आधारमा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ। महासंघले आफ्ना माग पुरा नभएसम्म शिक्षकहरू विद्यालय नफर्कने चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।