भारतबाट अमेरिका र अष्ट्रेलिया आउन प्रतिबन्ध
काठमाडौँ १८ वैशाख । भारतमा कोरोना भाईरस तीव्र गतिमा फैलिएकाले भारतबाट अमेरिका र अष्ट्रेलिया आउन प्रतिबन्ध लगाएको छ । भारतबाट अमेरिका आउन प्रतिवन्ध लगाउनेसम्वन्धी निर्णयमा राष्ट्रपति जो वाइडेनले शुक्रबार हस्ताक्षर गरेका छन् । प्रतिबन्ध भनिएको भएपनि अमेरिकी नागरिकलाई भने रोक लगाईएको छैन, तर उनीहरु आएपछि कम्तीमा १४ दिन क्वारेन्टिइनमा बस्नु पर्ने व्यवस्था गरिएको छ।
त्यस्तै अष्ट्रेलियाले आदेश नमान्नेलाई पाँच बर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको घोषणा गरेको छ ।शनिबार घोषणा गरिएको यात्रा प्रतिबन्धसम्वन्धी निर्णयमा सरकारको निर्णय नमान्नेलाई जेल सजायको व्यवस्था गरिएको उल्लेख छ ।









