नेपाल शिक्षक महासङ्घले आगामी फागुन २५ गतेदेखि शैक्षिक हडतालको घोषणा
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौँमा सडक आन्दोलन गर्दै आएको छ। यसै क्रममा महासङ्घले आगामी फागुन २५ गतेदेखि शैक्षिक हडतालको घोषणा गरेको छ।
हडतालको अवधिमा विद्यालयका सबै क्रियाकलाप, जस्तै उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, र शैक्षिक भ्रमण, बन्द गर्ने र विद्यालयहरू बन्द गरेर आन्दोलनमा सहभागी हुन महासङ्घले आह्वान गरेको छ। यो आन्दोलन गुणस्तरीय र विद्यार्थी तथा शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यले गरिएको हो।









