image
image
नेपाल र भारतका सर्वोच्च अदालतबीच सहकार्यका गर्ने समझदारी पत्रमा हस्ताक्षर

नेपाल र भारतका सर्वोच्च अदालतबीच सहकार्यका गर्ने समझदारी पत्रमा हस्ताक्षर

 

काठमाडौं । नेपाल र भारतका सर्वोच्च अदालतले दुई देशबीचको न्यायिक सहयोग विकास, प्रवर्द्धन र सुदृढीकरण गर्न समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र भारतीय सोर्वोच्च अदालतका प्रधानन्यायाधीश संजीव खन्नाको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

‘दुई देश र यहाँका जनताबीच रहेको सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धबाट प्रेरित भएर, यो समझदारी पत्रले दुई देशका न्यायपालिकाहरूबीचको सहयोग विकास, प्रवर्द्धन र सुदृढीकरण गर्ने लक्ष्य राखेको छ,’ समझदारी पत्रमा हस्ताक्षरपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

‘ढिलासुस्ती हटाउन, अदालती प्रक्रियाहरू तीव्र पार्न र सरोकारवालाहरूलाई स्तरीय सेवा प्रदान गर्न प्रविधिको प्रयोगलाई महत्त्व दिँदै, समझदारी पत्रले आ-आफ्नो अदालत र अन्य संस्थाहरूमा प्रयोग हुने प्रविधिसँग सम्बन्धित जानकारी साझा गर्ने व्यवस्था गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।