पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्युनिस्ट एकताको झण्डा नछाड्ने बताए
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा भएका कम्युनिस्ट एकता नटिके पनि एकताबाट पछि हट्न नहुने बताएका छन् । मंगलबार प्रगतिशील लेखकसंघको नयाँ नेतृत्वलाई शुभकामना दिँदै अध्यक्ष प्रचण्डले माओवादीले कम्युनिस्ट एकताका लागि पछिल्लो पार्टी बैठकबाटै एकमतले निर्णय गरेको पनि बताएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्युनिस्ट एकताका लागि निरन्तर प्रयासरत रहेको बताएका छन्। उनी भन्छन्, 'हामी विभाजित भयौं, एकअर्कामा तितो आलोचना छ। तर पनि एकताको झण्डा छाडेका छैनौँ। छोड्नु हुँदैन भन्नेमा प्रस्ट छौँ।'
अध्यक्ष प्रचण्डले विगतमा भएका एकता प्रयासहरू पूर्ण रूपमा सफल नभएको स्वीकार गर्दै आगामी दिनमा कम्युनिस्ट एकता साकार गर्न सबै कम्युनिस्ट नेताहरू र कार्यकर्तालाई आत्मसमीक्षा गरेर अघि बढ्न आह्वान गरेका छन्।









