इसेवाको नाममा भ्रामक एसएमएस, लिंक क्लिक नगर्न आग्रह
काठमाडौं । डिजिटल वालेट इसेवाको नाममा स्क्यामरले भ्रामक एसएमएस पठाएको पाइएको छ । इसेवाले एक सूचनामार्फत एटी अलर्ट नामक सर्ट कोडबाट इसेवा ग्राहकहरूलाई भ्रमित पार्न एसएमएसहरु पठाइरहेको पाइएको भन्दै सचेत रहन ग्राहकलाई अनुरोध गरेको छ ।
‘यी सन्देशहरू इसेवाबाट पठाइएका होइनन् र यस्ता भ्रामक सन्देशको पछि लागेर कुनै पनि लिंकमा क्लिक नगर्न तथा आफ्नो व्यक्तिगत वा वित्तीय विवरण प्रदान नगर्न अनुरोध गरिन्छ’, इसेवाले मंगलबार एक सार्वजनिक सूचनामार्फत भनेको छ ।









