image
image
​१७ वर्षअघि गोली हानेर हत्या गरेको, साधुको भेषमा लुकेर बसिरहेका बेला पक्राउ

​१७ वर्षअघि गोली हानेर हत्या गरेको, साधुको भेषमा लुकेर बसिरहेका बेला पक्राउ

काठमाडौं । पर्सामा १७ वर्षअघि भएको हत्या प्रकरणमा फरार रहेका प्रतिवादी साधुको भेषमा लुकेर बसेका छन्। २०६४ वैशाख २५ मा पर्साको बहुअर्वाभाठा बस्ने ढोडा मुखियाको हत्यामा संलग्न लोकनाथ साह तेली साधुको भेषमा भेटिएका हुन्।

पर्साको बिन्दवासिनी गाउँपालिका–२ घर भएका ६२ वर्षीय तेलीलाई १७ वर्षपछि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी सुधिर शाहिले जानकारी दिए। उनी भारतको चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीको रूपमा साधु बनेर लुकेर बसेका थिए। नेपालतर्फ आएको सूचनाका आधारमा चैत २५ मा उनलाई वीरगञ्जबाट पक्राउ गरिएको एसपी शाहिले बताए। ढोडा मुखियासँग तेली र अर्का एकजना मिलेर ७४ हजार रुपैयाँमा जग्गा खरिद गरेका थिए। जग्गाको मूल्यबापत ६४ हजार रुपैयाँ दिए पनि १० हजार रुपैयाँ बाँकी रकममा विवाद हुँदा तेलीले मुखियालाई छलफल गर्न बोलाएर गोली प्रहार गरेका थिए। गोली लागेर मुखियाको ज्यान गएको थियो।

२०६९ कार्तिकमा सर्वोच्च अदालतले तेलीलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। पक्राउ परेका तेलीलाई पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।