image
image

कोरोनाका कारण बेरोजगारी दरमा वृद्धि

काठमाडौँ माघ १५। विश्व वियापी रूपमा फैलिएको कोरोना भाइरसले विश्व अर्थतन्त्र नै आरालो लागेको छ। कोरानाको कारण कतिले ज्यान त कतिले आफ्नो रोजगार तथा व्यवसाय नै गुमाउनु परिरहेको छ ।   सरकारले आह्वान गरेको लामो बन्दाबन्दीको प्रतिकूल परिबन्धले उद्योगधन्दा, अफिस, कार्यालयहरू सम्पूर्ण लकडाउन भएको अवस्थामा रोजगारी वा काम पाएका श्रमिक, कर्मचारी, कामदारको रोजगारीको बेलामा जम्मा भएको आयस्रोत कम भएर   घर–परिवार चलाउनसमेत हम्मे–हम्मे भएको छ । शक्तिशाली ठूला राष्ट्रहरूमा पनि अहिलेको समयमा करोडौं बेरोजगारी बढेको छ ।  । 
 
अहिले होटल–व्यवसाय, पर्यटन क्षेत्रअन्तर्गतका विविध अंगहरू पूर्ण बन्द हुँदा लाखौं श्रमिक कामदार, स्वास्थ्य कर्मचारीहरू कामविहीन भई त्यसै बसिरहेका छन् । शिक्षा क्षेत्र बिस्तारै  खुल्न थालेका भएपनि  लाखौं विद्यार्थीको भविष्य अन्योल र शिक्षक–शिक्षिका कामविहीन भई त्यसै घरमा बसिरहेका छन् ।
उत्पादक, व्यापार, व्यवसाय, औद्योगिक क्षेत्रअन्तर्गत साना तथा मझौला कलकारखानाहरू कोरोना कहरले बन्द भई ज्यालादारी, श्रमिक, मजदुर, कर्मचारी, कामदारको आयस्रोतमा कमी हुनुका साथै कामदारको रोजगारी तथा ज्यालादारी श्रमिकको रोजीरोटी गुमेको छ, जसले गर्दा अझ गरिबी स्तर अत्यधिक बढेको छ । रोजगारी गुमेकै कारण  थुप्रै  सर्वसाधारणले  कष्टकर  दैनिकीमा गुज्रिएका छन् ।  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।