image
image
​अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले काठमाडौँ विश्वविद्यालयमा रिले अनशन सुरु

​अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले काठमाडौँ विश्वविद्यालयमा रिले अनशन सुरु

काठमाडौँ ।​ ​अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले काठमाडौँ विश्वविद्यालयमा विभिन्न मागहरू अघि सार्दै रिले अनशन सुरु गरेको छ। बुधबारबाट अनिश्चितकालीन रिले अनशन थालेको सो संगठनले जनाएको छ। यसअघि, उनीहरूले विश्वविद्यालयको गेटमा मुखमा टेप टाँसेर र पम्पलेट बोकेर प्रदर्शन गर्दै आएका थिए।

मुख्य मागहरूमा विद्यार्थी कल्याण परिषद्को चुनाव प्रत्यक्ष प्रणालीबाट गर्नुपर्ने, छात्रवृत्तिबाट वञ्चित फार्मेसी विभागका दुई ब्याचलाई छात्रवृत्ति प्रदान गर्नुपर्ने, परिषद्को अधिकार बन्द गर्नुपर्ने र विश्वविद्यालयको नियम विपरीत गरिएका नियुक्ति खारेज गर्नुपर्ने छन्। अखिल (क्रान्तिकारी) काठमाडौँ विश्वविद्यालय राष्ट्रिय समितिका संयोजक सन्तोष बुढाथोकीले विश्वविद्यालयले माग पूरा नगर्दासम्म आन्दोलन जारी रहने बताएका छन्। ​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।