आजबाट काभ्रेमा एक साता निषेधाज्ञा
काठमाडौँ । आजबाट काभ्रेमा एक साता निषेधाज्ञा हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले शनिबार एक सुचना जारी गर्दै आज आइतबार मध्यरातिबाट एक साता निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा आइतबार राति १२ बजेबाट २६ गते राति १२ बजेसम्म लागु हुने सूचनामा बताइएको छ ।
निषेधाज्ञाको समयमा काभ्रे जिल्लामा पर्ने अरनीको राजमार्ग अन्तर्गत साँगादेखि बनेपा, धुलिखेल, पाँचखाल हुँदै दोलालघाटसम्म सडकको ५०० मिटर दायाँबायाँ सडक संचालन गर्न नपाइने सुचनामा जनाइएको छ ।
त्यस्तैगरी काभ्रेमै पर्ने वीपीराजमार्ग अन्तर्गत पर्ने धुलिखेलदेखि भकुण्डेबेंसी देखि मंगलटारसम्मको सडकको दायाँबायाँ २०० मिटरसम्म सवारी संचालन गर्न निषेध गरिनेछ ।
निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक हिडहुल गर्न पाइने छैन । काठमाडौं उपत्यकासँग प्रत्यक्ष सिमाना जोडिएको काभ्रे कोरोना संक्रमणको हिसाबले संवेदनशिल जिल्ला हो ।