विभिन्न स्थानमा राजमार्ग पूर्णरुपमा अवरुद्ध
काठमाडौँ । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो गएको छ। नेपाल प्रहरीले जारी गरेको १२ बजेसम्मको अपडेट अनुसार विभिन्न १३ स्थानका राजमार्गमा बाढीपहिरो गएको छ। जसमध्ये ६ स्थानमा बाटो पूर्णरुपमा अवरोध छ भने ६ स्थानमा एकतर्फी सञ्चालनमा आएको छ। एक स्थानमा भने पहिरो पन्छाएर बाटो पूर्ण रूपमा सुरु भइसकेको छ ।
प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहेको र यात्रुहरूले सुरक्षित यात्रा गर्न सम्बन्धित निकायका निर्देशन पालन गर्न अनुरोध गरिएको छ।









