image
image

तुलसीपुरमा कारभित्र मृत अवस्थामा भेटिएका ३ बालकको पहिचान खुल्यो

काठमाडौं १९ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार नजिक भारतीय नं प्लेटको कारभित्र मृत भेटिएका तीन बालकको पहिचान खुलेको छ।

दाङमा भारतीय नम्बरप्लेटको गाडीभित्र ३ बालबालिकाको शव फेला, चालक पक्राउ परेको छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले तीनै जनाको पहिचान खुलेको र अहिले पोष्टमार्टमको तयारी भइरहेको जानकारी गराएका हुन् ।

उनका अनुसार मृत भेटिनेमा तुलसीपुर ६ बस्ने भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्देश, सन्तोष परियारका छोरा ७ वर्षीय सुर्वण र किरण परियारका ६ वर्षीय छोरा करण रहेका छन्।

उनीहरुको शव आरजे ०१६६०८८५ नम्बरको भारतीय कारभित्र शनिबार साँझ फेला परेकोे थियो। प्रहरी स्रोतका अनुसार कारका चालक पदम बस्नेत र उक्त कार ल्याउने व्यक्ति तुलसीपुर ६ कै यादव गैरेलाई पक्राउ गरिएको छ।





 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।