लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
काठमाडौँ । लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त न.पा. १८ का २३ वर्षीया प्रभुराज हमाल र बेलडाँडी गाउँपालिका–५ इमलियाका २१ वर्षीय गोपाल राना रहेका छन् ।
हमाललाई बेलडाँडी गाउँपालिका–३ सिमलडाँडी क्षेत्रबाट १०।३६ ग्राम र रानालाई से१प ५०१८ नंको मोटरसाइकलमा आउँदै गर्दा ३।९० ग्राम ब्राउन सुगर बरामद गरिएको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ।









