image
image

मजदुरहरु भोकले रोडमा भौतारिदै 

काठमाडौँ । गतवर्षको लकडाउनभर सडकमा निःशुल्क खाना खुवाउँदै हिँडेकी बन्दी सहायता नेपालकी इन्दिरा रानामगर यसपालि छटपटीमा छिन् । जेलमा रहेका कैदीबन्दीका सन्तानहरूको अभिभावकत्व सम्हालिरहेकी उनी आश्रित संस्थाका एक जना संक्रमित भएपछि घरभित्रै आइसोलेसनमा छिन् ।

तर उनलाई निषेधाज्ञाको दोस्रो दिनदेखि नै नियमित ज्याला मजदुरीको भरमा पेट भरिरहेका र सडक जीवन बाँचिरहेकाहरूले ‘भोक लाग्यो’ भन्दै फोन गर्न थालिसके ।

संक्रमण रोकथामका निम्ति सरकारले लागू गरेको निषेधाज्ञाको दिन लम्बिँदै जाँदा सडकमा आश्रित र ज्याला मजदुरीमा हातमुख जोर्नेहरू फेरि समस्यामा पर्न थालेका छन् । इन्दिराले आफूलाई महाबौद्ध र ठमेलतिर रिक्सा चलाउने र सडकमा बस्नेहरूले ‘खाना लिएर कहिलेबाट आउनुहुन्छ’ भनेर सोध्दै फोन गर्न थालिसकेको बताइन् । उनले भनिन्, ‘शनिबार त दुई जना भाइ अफिस खोज्दै यहीं आइपुगे । आफूहरू र अरू तीन जना साथीलाई प्याकेटमा भात लिएर गए ।’

गतवर्षको चैत दोस्रो सातायता निरन्तर भोका र असहायहरूलाई खाना खुवाइरहेको समूह हाम्रो सानो प्रयास र हाम्रो टिम नेपालका अनुसार यसपालि निषेधाज्ञाको तेस्रो दिन नै भोकाहरूको संख्या बढ्न थालिसकेको छ ।  

निःशुल्क खाना खुवाउन सक्रिय हाम्रो टिम नेपालका विमल पन्तले शुक्रबार र शनिबार मात्रै करिब दुई सयलाई खाना खुवाइएको बताए । उनका अनुसार शुक्रबारभन्दा शनिबार खाना खोज्नेहरूको संख्या धेरै थियो । अब दुईचार दिनमै यो संख्या तेब्बरसम्म पुग्ने उनले बताए । हाम्रो सानो प्रयास र हाम्रो टिम नेपालले स्कुटरमा खानाका प्याकेट डुलाएर बाँड्ने गर्छ । थापाथलीको प्रसूति गृह पछाडि पनि खाना उपलब्ध गराइएको छ । विमलका अनुसार रिक्सा चलाउने, भारी बोक्ने र दैनिक ज्याला गरेर छाक टार्नेहरूलाई समस्या पर्न थालिसकेको छ । उनले भने, ‘नियमित डायलसिस गराइरहेका, सडकमा गीत गाएर छाक टार्ने दृष्टिविहीनको समस्या सुरु भइसक्यो ।’

अघिल्लो लकडाउनका बेला झन्डै १० महिनासम्म खुलामञ्चमा भोकाहरूलाई निःशुल्क भोजन खुवाउने हन्ड्रेड समूहका अगुवा बब्लु गुप्ता शनिबार टंकेश्वर र पशुपति क्षेत्रमा पुगेका थिए । उनी त्यहाँ पुग्दा ‘कहिलेबाट निःशुल्क खाना बाँड्ने हो’ भनेर सोध्नेहरू प्रशस्तै भेटिए । बब्लुले सुनाए, ‘सडकमा आश्रित र ज्यामी काम गर्नेहरू आर्थिक संकटमा पर्न थालिसकेका छन् । अबको केही दिनमै उनीहरू खानाको खोजी गर्दै सडकमा आउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।