image
image

आजको मौसम रातिदेखि नै आंशिक बदली तथा वर्षाको सम्भावना

काठमाडौँ १९ वैशाख । देशका अधिकांश स्थानमा शनिबार रातिदेखि नै पानी परेको छ । मौसमविद समिर श्रेष्ठका अनुसार राति पश्चिम हुँदै मध्यसम्म आइपुगेको पानी पार्ने मौसमी प्रणाली अहिले पूर्व तर्फ लाग्दै गरेको छ ।

विशेष गरि आज पूर्वी क्षेत्रमा आइतबार दिउँसो बदली तथा वर्षा हुन सक्ने सम्भावना बढि रहेको मौसमविद श्रेष्ठले बताए छन् ।

अहिले देशभरका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षा पनि भएको छ ।

बागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।