अनलाइनमार्फत सरल र सहज प्रक्रियाले सर्टिफिकेट प्रदान गरिँदै
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्र अनलाइनमार्फत उपलब्ध गराउन थालेको छ। यसअघि विद्यार्थीहरूले यी प्रमाणपत्रहरू प्राप्त गर्न बल्खुस्थित कार्यालयमा व्यक्तिगत रूपमा उपस्थित हुनुपर्ने थियो।
तर अब यो प्रक्रिया अनलाइनमार्फत सरल र सहज बनाइएको छ।यस पहलले विद्यार्थीहरूलाई समय र स्रोतको बचत गर्दै, घरबाटै आवश्यक प्रमाणपत्र प्राप्त गर्न मद्दत पुर्याउँछ। यो प्रक्रिया विशेष गरी विदेशमा अध्ययन गरेका विद्यार्थीहरूका लागि उपयोगी छ।









