रोजगारी क्षेत्रमा झन्डै आधा शताब्दी यताकै ठुलो गिरावट: जापान
रोजगारी क्षेत्रमा झन्डै आधा शताब्दी यताकै ठुलो गिरावट: जापान
काठमाडौँ। आर्थिक वर्ष २०२० मा जापानको औसत रोजगारी उपलब्धता अनुपात झन्डै आधा शताब्दीमा सबैभन्दा ठूलो गिरावट आएको छ । बेरोजगारी दर ११ वर्षमा पहिलो पटक बढेको छ। जसले कोरोना भाइरस महामारीको गम्भीर असर झल्काएको सरकारी तथ्यांकले देखाएको छ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार मार्चमा १९७३७४ मा भएको गिरावट पछि मार्चमा अन्त्यमा ०।४५ घटेर १।१० बिन्दु पुगेको छ । यसको मतलब प्रत्येक १०० रोजगारी खोज्नेहरूको लागि ११० रोजगार मात्र उपलब्ध रहेको छ ।
आर्थिक वर्ष २०१३ मा ०।९७ बिन्दुमा रहेको रोजगार सन् २०१९ मा ०।०७ बिन्दुमा रहेको थियो ।
बेरोजगारहरूको संख्या ३ लाख ६० हजार बढेर १९ लाख ८० हजार पुगेको छ । रोजगार व्यक्तिको संख्या ६ लाख ९० हजारले घटेर ६ करोड ६६ लाख ४० रहेको छ।
९ लाख ७० हजार पार्ट टाइम कामदारले रोजगार गुमाउँदा हाल २ करोड ६६ लाख व्यक्ति आशिंक काम गरिरहेको तथ्यांकमा उल्लेख छ । सन २०१४ बाट राख्न थालिएको तुलनात्मक तथ्यांक अनुसार यो पहिलो गिरावट हो ।
जनस्वास्थ्य संकट हुनुभन्दा अघि जापानमा आशिंक काम गर्ने कामदारको संख्या बढिरहेको देखिएको थियो । धेरै महिला र वृद्ध व्यक्तिहरू श्रम बजारमा देशको जनसंख्याको तीव्र वृद्धिका कारण गम्भिर श्रम अभावलाई कम गर्न मद्दत गरिरहेका थिए ।
गत वर्षको अप्रिलबाट आपतकाल लागेपछि विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानमा २०२० मा अप्रिल जुन त्रैमासिक अवधिमा २९।३ प्रतिशत आर्थिक गिरावट आएको थियो । जुन अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक मन्दी हो।
देशभरि भाइरस संक्रमणको चौथो छालले प्रधानमन्त्री योशीहिदे सुगाले गत साता टोकियो र पश्चिमी जापानका ओसाका, क्योतो र ह्योगोमा तेस्रो अवस्थाको घोषणा गरेका छन् । ११ मेसम्म प्रभावकारी हुनेछ।
पूर्वानुमान अनुसार ताजा आपतकालको कारण बेरोजगारी दर फेरि खराब हुनेछ ।संभवतः सेप्टेम्बरमा बेरोजगार दर ३।५ प्रतिशतपुग्नेछ, जबकि रोजगार उपलब्धता अनुपात १।० को आसपास मात्र हुनेछ।









