image
image
सिन्दुर जात्रा हर्षोल्लासका साथ मनाउँदै

सिन्दुर जात्रा हर्षोल्लासका साथ मनाउँदै

काठमाडौँ । ​मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि सुथसिया जात्रा (सिन्दुर जात्रा) हर्षोल्लासका साथ मनाएका छन्। यो जात्रा बिस्केट जात्राको अवसरमा मनाइन्छ र थिमिमा मात्र विशेष रूपमा मनाइन्छ। जात्रामा सहभागीहरूले टोलटोलका देवता विराजमान खट बोकेर टोलटोल घुम्दै बालकुमारी मन्दिरमा २६ देवीदेवता विराजमान खटलाई ल्याएर मन्दिरको परिक्रमा गराए। यस क्रममा धिमे र मुस्या बाजाको तालमा नाच्दै, अबिर छर्कँदै र सिन्दुर खेलेर जात्रा मनाइयो। परम्पराअनुसार खट बोकेर ३२ खट ल्याएर जात्रा मनाउने परम्परा भए पनि केही वर्षयता २६ खट मात्र सहभागी हुने गरेका छन्। ​

जात्रामा सहभागीहरूले काँयाबाजा, भुस्याबाजा र धिमेबाजाको तालमा नाच्दै, हातमा चिराग बालेर एकअर्कालाई सिन्दुर दलेर रमाइलो गरे। घरघरमा झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने र फूल बर्साएर स्वागत गर्ने परम्परा छ। यसलाई केही वर्षयता सिन्दुर जात्रा पनि भनिन थालिएको छ।

आजको जात्रामा बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो। यसपछि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो। बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि जात्रा सुरु भएको हो। 

परम्पराअनुसार देवता लायकू दरबारभित्र पस्न नपाउन् भनेर लायकू प्रवेशद्वारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरू बाटो छेकेर बस्ने परम्परा रहेको छ। ​

जात्रा मध्याह्नसम्म चल्ने र त्यसपछि बोडेमा जिब्रो छेड्ने जात्राको तयारी गरेर दिउँसो २ बजे बोडेमा जिब्रो छेडेर जात्रा मनाउने गरिन्छ। ​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।