image
image

नेपालबाट हुने हवाई उडानमा हङकङले लगायो रोक

काठमाडौँ । हङकङले नेपालबाट हुने हवाई उडानमा रोक लगाएको छ । मे १ बाट लागु हुने गरी हङकङले काठमाडौं विमानस्थलबाट हुने उडानमा रोक लगाएको हो ।

नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठका अनुसार हङकङको तर्फबाट रोक लगाएको खबर आएसँगै सो गन्तब्यमा निर्धारित भएका उडानसमेत रद्द हुनेछन् । औपचारिक चिठीपत्र त आएको छैन । जब उडान नै हुन नपाउने निर्णय सार्वजनिक भएपछि हामीले त्यही अनुसार गर्ने हो उनले भनिन्, ।

हङकङले यसअघि भारत, पाकिस्तान र फिलिपिन्सबाट आउने जहाजहरुको उडान समेत रोकिसकेको छ । दक्षिण एसियामा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टका कारण धेरै मुलुकहरुले यस भेगबाट हुने यात्रामा कडाई गर्दै लगेका छन् ।

हङकङको पछिल्लो नियम अनुसार कुनै एक गन्तब्यबाट आएका कम्तीमा ५ र सो भन्दा बढी मानिसमा कोरोना देखिएमा दुई साताका लागि उडान रोक्ने गरिएको छ । अघिल्लो लहरका बेला हङकङमा नेपाल एयरलाइन्सको उडान सोहीकारण पटक पटक रोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।