१५ जना विदेशी नागरिकलाई अवैध रूपमा बसोबास गरेको आरोपमा पक्राउ
काठमाडौँ । दिल्ली प्रहरीले भारतमा वैध भिसा बिना बसोबास गर्ने १५ विदेशी नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दुई बङ्गलादेशी, १२ नाइजेरियाली र एक आइभरी कोस्टका नागरिक रहेका छन्।
उनीहरूलाई मोहन गार्डेन र उत्तम नगर क्षेत्रमा विशेष अभियान चलाएर पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई हिरासतमा राखेर विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालय (FRRO) मार्फत डिपोर्ट गर्ने तयारी भइरहेको छ। यसरी पक्राउ गरिएकाहरूको थप कानुनी प्रक्रिया जारी रहेको छ।









