image
image
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित ,मुआब्जा निर्धारण

बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित ,मुआब्जा निर्धारण

काठमाडौँ ।​ ​बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण गरिएको छ। चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, साहस ऊर्जाका प्रतिनिधि र स्थानीय बासिन्दाको सहभागितामा मुआब्जा निर्धारण प्रक्रिया सम्पन्न भएको हो।​

साहस ऊर्जाका प्रबन्ध निर्देशक हिम पाठकका अनुसार, बाँध निर्माण स्थल रहेको वडा नं. ३ को सल्लेरी क्षेत्रमा रहेका जग्गाको प्रतिआना रु ३ लाख निर्धारण गरिएको छ। चार आनाभन्दा कम जग्गा भएका व्यक्तिहरूका लागि प्रतिआना रु ४ लाख र बस्तीभन्दा बाहिरका जग्गाका लागि प्रतिआना रु १ लाख ५० हजार मुआब्जा तोकिएको छ। करिब ८० रोपनी जग्गाको मुआब्जा वितरण गर्नुपर्ने अनुमान गरिएको छ।​

घरको मूल्याङ्कन भने हालसम्म गरिएको छैन। गाउँपालिकाका प्राविधिकले तयार गरेको प्रतिवेदनका आधारमा घरको मुआब्जा निर्धारण गरिने जानकारी प्राप्त भएको छ। आयोजनाबाट २६ घरधुरी विस्थापित हुने भएका छन्।​

विस्थापितहरूको पुनःस्थापनाका विषयमा पनि छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिएका छन्। डुबानका कारण विस्थापित हुनेहरूलाई फिलिममा वा जगतमा पुनःस्थापित गर्ने विषयमा छलफल भइरहेको छ, तर निर्णय भइसकेको छैन।​

मुआब्जा निर्धारणमा गाउँपालिकाका अध्यक्ष निमा लामा, उपाध्यक्ष लक्ष्मी गुरुङ, वडा नं. २ का अध्यक्ष रामकुमार गुरुङ, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रतिनिधि, सल्लेरी, भालुवन, जगत, नाग्चेतका बासिन्दालगायतको सहभागिता थियो।​

अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) प्रविधिको ३४१ मेगावाट क्षमताको उक्त परियोजना निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो परियोजना हो। साहस ऊर्जाले सल्लेरीमा बाँध निर्माण गर्नेछ भने त्यहाँबाट ६.८ किलोमिटर भूमिगत सुरुङ हुँदै धार्चे–३ मा रहेको तातोपानीस्थित पावर हाउसमा विद्युत् उत्पादन गर्नेछ। उत्पादन हुने विद्युत् ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको रातामाटे सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ। आयोजनाको कुल लागत रु ७० अर्ब रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।