सुनको मूल्यमा सामान्य गिरावट चाँदीको कति ?
काठमाडौँ । नेपालको सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेर १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार सो मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ थियो। चाँदीको मूल्य भने स्थिर रहेको छ र बिहीबारको मूल्य १ हजार ९६० रुपैयाँमा कायम रहेको छ।









