पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य, प्रेस लेखेको कार्डको मान्यता नहुने
काठमाडौं १९ वैशाख। पत्रकारका सवारी साधनलाई सूचना विभागले जारी गरेको कार्ड अनिवार्य चाहिने भएको छ। प्रेस लेखेको कार्ड जताततै देखिन थालेपछि सरकारले कडाई गर्न थालेको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले दुरुपयोगको सम्भावना बढेपछि सूचना विभागको कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो।
हालसम्म, सम्बन्धित मिडिया हाउसले जारी गरेको कार्डका आधारमा समाचार संकलन गर्न पाइन्थ्यो। अबदेखि विभागको कार्ड नभएका सवारीलाई प्रहरीले रोक्ने बताइएको छ।
हालसम्म, सम्बन्धित मिडिया हाउसले जारी गरेको कार्डका आधारमा समाचार संकलन गर्न पाइन्थ्यो। अबदेखि विभागको कार्ड नभएका सवारीलाई प्रहरीले रोक्ने बताइएको छ।